• पुस २, २०८२, बुधवार Wednesday, 17 December, 2025

गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने, बजेटको छलफल पनि रोक्ने

  • खबरदाता

गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने, बजेटको छलफल पनि रोक्ने

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बजेटमाथिको छलफल अगाडि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्न दियौँ,’ प्रवक्ता सापकोटाले भने, ‘अब बजेटमाथिको छलफल अगाडि बढाउन पहिले गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

सापकोटाले गृमन्त्री राजीनामा नआएसम्म संसद्का कुनै पनि गतिविधि अगाडि बढाउन नदिने निर्णयलाई खुमलटार बैठकले निरन्तरता दिएको जानकारी दिए ।

उनले रोकिएको मध्य पहाडी लोकमार्ग अभियानलाई जेठ २१ गतेदेखि लमजुङको बेशीसहरबाट निरन्तरता दिइने पनि जानकारी दिए ।

  • प्रकाशित मिति : जेठ १६, २०८२, शुक्रवार १२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८