• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

यस्ता छन्‌ आगामी बजेटका ५ उद्देश्य र ७ प्राथमिकता

  • खबरदाता

यस्ता छन्‌ आगामी बजेटका ५ उद्देश्य र ७ प्राथमिकता

सङ्घीय संसद्‌को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका ५ उद्देश्य र सात प्राथमिकता सुनाएका छन्‌ ।

आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका ५ उद्देश्य उल्लेख गरे ।

आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम्‌ फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने, सामाजिक संरक्षण एवम्‌ विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने उद्देश्य राखिएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार आगामी बजेटको प्राथमिकता रहेको उनले सुनाए ।

 

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८