• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

साउदी अरब ‍पुगे ट्रम्प

  • खबरदाता

साउदी अरब ‍पुगे ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । केही समयअघि राष्ट्रपति ट्रम्प चढेको एअरफोर्स १ विमानले राजधानी रियादमा अवतरण गरेको अल जजीराले जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो दोस्रो विदेश भ्रमण र पहिलो औपचारिक भ्रमणका लागि साउदी अरब पुगेका हुन् । यसअघि पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन उनी अप्रिल २६ मा इटालीको राजधानी रोमस्थित भ्याटिकन पुगेका थिए ।

मध्यपूर्वको भ्रमणका क्रममा उनले साउदी अरबसँगै कतार र यूएईको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

 

  • प्रकाशित मिति : वैशाख ३०, २०८२, मंगलवार १३:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८