• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते

  • खबरदाता

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते

चितवनका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ३ जना घाइते भएका छन।

चितवन प्रहरीले जनाए अनुसार आज (सोमबार) साझ ६ बजेको समयमा भरतपुर ४ जगर्नाथचोकमा कुइकेलचोकबाट विशालचोक तर्फ आउदै गरेको बा १७च ९२२३ नं.को इभि भ्यानले जानकीचोक बाट शिवघाटचोक तर्फ जाँदै गरेको ना४४प ४६१२ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार भरतपुर-६ बस्ने वर्ष २३ की किट्टी क्षेत्री घाइते भएकि छन। निजको मध्यम अबस्थामा नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै जिल्लाकै खैरहनीको ज्यामिरेमा आजै साझ ८ बजे पर्साबाट टाँडी तर्फ जादै गरेको ना४च ४१५२ नं.को बलेरो र बिपरित दिशाबाट आउदै गरेको बा६२प ५५२८ नं.को मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर ६ बस्ने बर्ष २० को रनिस चौधरी र मोटरसाइकल पछाडी सवार राप्ती -५ बस्ने बर्ष १९ की बर्षा चौधरीको घाइते भएका छन। दुबै जना घाईतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाका सबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

  • प्रकाशित मिति : वैशाख २९, २०८२, सोमवार २१:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८