• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण

  • खबरदाता

पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण

पाकिस्तानी सेनाले भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ ।

पछिल्लो आक्रमणको प्रतिक्रियामा पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय आक्रमणको जवाफमा पाकिस्तानले भारत नियन्त्रित कश्मीरका विभिन्न स्थान र पंजाबमा आक्रमण गरेको पाकिस्तानी सेनाले बताएको अलजजिराले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार भारतको कश्मीरको राजधानी श्रीनगर विमानस्थलनजिक बसोबास गर्ने एक प्रत्यक्षदर्शीले विमानस्थलनजिकै जेट विमानको आवाज सुनेको र त्यसपछि विस्फोटको आवाज आएको बताए ।

उनले पहिलो घटनाको समय नबताए पनि दोस्रोपटक जेट विमान गुज्रिएको १३ सेकेण्डपछि विस्फोट भएको बताए ।

विमानस्थलनजिकै बस्ने अर्का प्रत्यक्षदर्शीले स्थानीय समयानुसार बिहान ६ः२० बजे जेट विमानको आवाज र त्यसपछि विस्फोटको आवाज आएको बताए । उनले त्यसपछि धुवाँको लहर देखेको दाबी गरे । अलजजिरा

  • प्रकाशित मिति : वैशाख २७, २०८२, शनिवार १०:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८