• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

  • खबरदाता

भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

भारत–पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ ।

भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ ।

उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली ९भुन्तर०, लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाईका लागि नोटम जारी गरिएको छ ।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान ५ः२९ बजेसम्म रद्ध गरिएको जनाएको छ । बीबीसी

  • प्रकाशित मिति : वैशाख २७, २०८२, शनिवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८