• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द

  • खबरदाता

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द

भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ ।

पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।

एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ ।

एयर इन्डियाले बीसीएएसलाई उदृत गर्दै आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ । बीबीसी

  • प्रकाशित मिति : वैशाख २६, २०८२, शुक्रवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८