नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले व्यापक अफर दिने घोषणा गरेको छ । यी दुई कम्पनीले आफ्नो एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम ल्याएको हो ।
काठमाडौंको थापाथलीमा वैशाख २६ गतेबाट आयोजना हुन लागेको ‘केई एक्सचेन्ज कार्निभल’मा आएर गाडी सट्टापट्टा गर्ने वा नयाँ किन्ने ग्राहकले ६ लाखसम्मको फाइदा लिन पाउने भएको हो ।
अहिले केई एक्सथ्री(प्रो मोडलको मूल्य ४५ लाख ९६ हजार रुपैयाँ रहेको छ । उक्त मूल्यमा ६ लाख ५ हजार बराबरको फाइदा उपभोक्ताले पाउँदा डल्फीनभन्दा सस्तो पर्नेछ । अहिले बजारमा बीवाइडी डल्फिन ४१ लाख १५ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको मोडल हो ।
कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोस्चको वासिङ मेसिनसम्म दिने जनाएको छ । समग्रमा गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा पाउने छन् ।
यस्तो छ केई एक्सथ्री-प्रो
केई एक्सथ्री-प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । पर्फेक्ट कम्प्याक्ट एसयूभीको साइजमा उपलब्ध एक्सथ्री(प्रोमा २६३२ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
एसयूभीमा १८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३६० लिटरको बुट स्पेस रहेको इलेक्ट्रीक मोडलको क्याबिन निकै लग्जरी फिल दिन सक्षम छ । १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्स उत्कृष्ट लाग्छ ।
कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिन्छ । कम्पनीले यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । गाडीको पीकटर्क भने २८० न्यूटन मिटर छ ।
एक्सथ्री(प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्कृन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २।५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जर पाउन सकिन्छ । यसमा भेहिकल टु लोड सुविधा पनि पाउन सकिन्छ ।
सुरक्षाको लागि ४ एयरब्याग उपलब्ध एक्सथ्री–प्रो एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, ईएसपी, ईएबी, ईबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता अत्यावश्यक फिचर छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८