• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने विष्ट आफैँ पक्राउ

  • खबरदाता

रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने विष्ट आफैँ पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • प्रकाशित मिति : वैशाख १७, २०८२, बुधवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८