• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आर्थिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

  • खबरदाता

आर्थिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाहीरकार्यप्रगति र आगामी आर्थिक वर्षको बजेटरकार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ ।

 

  • प्रकाशित मिति : वैशाख ९, २०८२, मंगलवार ०७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८