• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणाः कुन देशको सामानमा कति कर ?

  • एजेन्सि

ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणाः कुन देशको सामानमा कति कर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्।

कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको छ। यो निर्णय ९ अप्रिलबाट लागू हुनेछ। ट्रम्पले बेलायतबाट अमेरिकामा पुग्ने सामानमा १० प्रतिशत करको निर्णय गरेका छन् भने युरोपेली युनियनबाट जाने सामानमा २० प्रतिशत करको निर्णय गरेका छन्।

मध्यरातदेखि नै लागु हुने गरी विदेशी सवारी साधनमा २५ प्रतिशत करको निर्णय गरे। रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले यसलाई स्वतन्त्रता दिवसको घोषणा भन्दै अमेरिकामा नयाँ युगको सुरुवात भएको समेत बताए।

मेक्सिकोपछि सबै भन्दा धेरै अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा उनले ५४ प्रतिशतसम्म करको निर्णय गरेका छन्। यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ। रिपब्लिकले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् भने डेमोक्र्याटले अमेरिकाको आर्थिक अवस्था ओरालो बाटोमा जान सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको यो नीतिले विश्व व्यापारको शैलीलाई नै परिवर्तन गरेको बताएका छन्।

  • प्रकाशित मिति : चैत २१, २०८१, बिहीवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८