गणतन्त्रवादी दलहरुलाई रविको सन्देश- तपाईंहरुको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरे ।
लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । बैठकमा बस्नुपुर्व लामिछानेले सबैलाई एकमुष्ट सम्वोधन गरे । उनले आक्रामकरुपमा आफ्नो भनाइहरु राख्दा समर्थकले ताली बजाएर समर्थन जनाएका थिए ।
रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए ।
लामिछानेले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’
दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको रविले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८