• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

निर्मल निवासले बुझेन महानगरको पत्र , हुलाकबाट पठाइयो

  • खबरदाता

निर्मल निवासले बुझेन महानगरको पत्र , हुलाकबाट पठाइयो

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले खबरहबलाई बताए ।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।

  • प्रकाशित मिति : चैत १७, २०८१, आइतवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८