नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ। समितिमा उनलाई जनकमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
सुवेदी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै आगामी चैत्र १५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको थियो। सुवेदीका अनुसार अब यो आन्दोलनलाई समितिले औपचारिक रूपमै अपनत्व लिएको छ।
दुर्गा प्रसाईंलाई जनकमाण्डरको रूपमा जिम्मेवारी दिइएको भन्दै समितिले आन्दोलनलाई सशक्त बनाउने योजना बनाएको छ। उनले राजसंस्थाको पुनर्स्थापनाका लागि देशव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्ने बताइएको छ।
सुवेदीले जनआन्दोलन समितिको उद्देश्य लोकतन्त्र र संवैधानिक राजतन्त्र पुनःस्थापनाका लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्। उनले जनता, राजनीतिक दल तथा अन्य सरोकारवालासँग समन्वय गर्दै आन्दोलनलाई प्रभावकारी बनाइने उल्लेख गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८