• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल

आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ मार्च २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ। विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ। योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। साथीको साथ मिल्नेछ।

वृष – दिन राम्रो छ। परिवारको तर्फबाट इज्जत प्राप्त हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन्। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन – साना कुराले मन अशान्त बन्नेछ। मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट – आफन्तसँग असन्तुष्टि बढ्नेछ। अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ।

सिंह – आज परिवारको साथमा आफन्तसँग भेट हुनेछ। आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने हुँदा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या – दिन राम्रो छ। देशमा रोजगारीका विकल्प फेला पर्नेछन्। व्यापारमका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला – पढाइमा जाँगर बढ्नेछ। श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – दिन सामान्य राम्रो छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। ठुलो योजना नबनाउनु नै उचित हुनेछ। प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

धनु – उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ।

मकर – दिन राम्रो छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोली भन्दा काम बढी गरेर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ – तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला।

मीन – खर्च बढ्ने जोखिम छ। साथीबाट असहयोग हुनेछ। साना कुराले मन अशान्त हुने जेखिम छ। परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

  • प्रकाशित मिति : चैत १४, २०८१, बिहीवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८