• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

लेबनानबाट रकेट प्रहार भएपछि इजरायली सेनाको भीषण आक्रमण

  • एजेन्सि

लेबनानबाट रकेट प्रहार भएपछि इजरायली सेनाको भीषण आक्रमण

इजरायल – नोभेम्बर महिनामा भएको हिंसापछि लेबनान र इजरायलको बिचमा सबै भन्दा भीषण आक्रमण भएको छ। लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा लगातार हवाई आक्रमण गरेको छ।

इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक बालकसहित सात जनाको ज्यान गएको जनाएको छ। साथै ४० जना घाइते भएका छन्।

लेबनानमा हिजुबल्लाह लगायत धेरै सैन्य समूह भए पनि इजरायलमाथि रकेट प्रहारको जिम्मेवारी कसैले पनि लिएका छैनन्।

पहिलो चरणको आक्रमण सकिएको एक घण्टापछि दोस्रो चरणको आक्रमण भएको इजरायलले जनाएको छ। सो आक्रमण कमान्ड सेन्टर, भौतिक संरचना र हतियार केन्द्रमा लक्षित थियो।

हिजबुल्लाहले लेबनानबाट भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ। उसले युद्ध विराममा अडिग रहेको प्रष्ट पारेको छ।

  • प्रकाशित मिति : चैत १०, २०८१, आइतवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८