• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा

  • खबरदाता

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका छन् ।

सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उनले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ आवश्यक छैन ।’

खतिवडाले सरकारले बेमोसमी बाजा बजाउन नहुने पनि उल्लेख गरेका छन् । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा रु यो बेमौसमी बाजा बजाई राम्रो हुन्न,’ उनले लेखेका छन्, ‘सरकार राम्रो काम गर । यस्ता कार्य बन्द गर ।’

 

  • प्रकाशित मिति : चैत १, २०८१, शुक्रवार १३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८