• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टरिगाउँ विमानस्थललाई ९९ करोड बजेट सुनिश्चित गर्न पत्राचार

  • खबरदाता

टरिगाउँ विमानस्थललाई ९९ करोड बजेट सुनिश्चित गर्न पत्राचार

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् ।

विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण हुन सकिरहेको अवस्था छैन । हाल विमानस्थल ७५० मिटर लम्बाइ छ ।

यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सके ७२ सिटे जहाज अवतरण सक्छन् । तर, अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।

साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीको भनाइ छ ।

उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका थिए । रासस

  • प्रकाशित मिति : फागुन १९, २०८१, सोमवार ०८:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८