शाहले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी दिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार भिडियो सन्देश जारी गर्दै शाहले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरूलाई चेतावनी दिएका हुन् ।
जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको उनले बताएका छन् । शाहले नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको भिडियोमा भनेका छन् ।
व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको आरोप पनि शाहको छ । उनले राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई आह्वान पनि गरेका छन् ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गर्दै उनले प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने र प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने बताएका छन् ।
‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन,’ शाहले भिडियो वक्तव्यमा भनेका छन्,‘पक्ष विपक्षको अहंकार आ–आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८