नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादती र दुर्व्यवहार प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अन्ततस् झुक्न बाध्य भएको छ ।
उक्त कलेजले नेपालबाट पढ्न गएका ७ सय भन्दा धेरै विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही थालेको छ । सोमबार नै उक्त प्रकरणमा माफी मागिसकेको कलेजले अन्ततस् जनदबाबसामु झुकेर कारबाही थालेको हो ।
रुपन्देही नेपाली छात्रा प्रकृति लम्साल आइबार भएको रहस्यमय र शंकास्पद मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले दुःख व्यक्त गर्दै माफीसमेत मागेको छ । यसअघि सोमबार पनि नेपाली विद्यार्थीलाई होस्टेल फर्किन आग्रहसहित कलेज सञ्चालकले माफी मागेका थिए ।
उक्त प्रकरणमा केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत् जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।
क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरिएको कलेजले जनाएको छ ।
नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी कलेजले मंगलबार पनि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिन्छौँ,’ कलेजले भनेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८