• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

घरजग्गा कारोबार : माघ महिनामा राजस्व संकलनमा गिरावट

  • खबरदाता

घरजग्गा कारोबार : माघ महिनामा राजस्व संकलनमा गिरावट

देशभर घरजग्गा कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व संकलनमा झन्डै १४ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँबराबर राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँबराबर राजस्व संकलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो संख्या ४८ हजार एक सय ५६ रुपैयाँ थियो ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख राजस्व संकलन गरेको विवरणमा देखिन्छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख रुपैयाँ, कलंकी मालपोतबाट २६ करोड एक लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख रुपैयाँ तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।रासस

  • प्रकाशित मिति : फागुन ४, २०८१, आइतवार ०७:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८