• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

पोखरामा हाइड्रोजन बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

  • खबरदाता

पोखरामा हाइड्रोजन बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा-पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने क्रममा बेलुन पड्किएको छ ।

बेलुन पड्किएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्ष घोषणाको क्रममा बेलुन उडाने क्रममा दीप प्रज्वलन गरिएको पानस नजिकै भएपछि हाइड्रोजन भरिएको बेलुन पड्किएको हो ।

बेलुनको आगो अर्थमन्त्री पौडेल र मेयर आचार्यको टाउकोमा खसेको थियो। आचार्यको देब्रे गाला र कपाल डढेको छ। पौडेलको कपाल डढेको छ भने कानबाट रगतसमेत बगेको छ।

उपचारका लागि उनीहरूलाई पोखराको गैरापाटनमा रहेको फिस्टेल हस्पिटलमा लगिएको छ । पोखरा भ्रमण बर्षको कार्यक्रम भने चलिरहेको छ । उनीहरूको अवस्था थाहा हुन सकेको छैन।

  • प्रकाशित मिति : फागुन ३, २०८१, शनिवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८