[ फाेटाे : फाइल ]
सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको हो ।
संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा अध्यादेश र संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ ।
बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८