• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

  • खबरदाता

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं– पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ ।

मङ्गलबारसम्म चल्ने महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने पार्टीकी नेतृ हिसिला यमीले जानकारी दिइन् ।

त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्सनको माध्यमबाट चयन गर्ने उनको भनाइ छ ।

नेसपाले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ । महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिने नेसपाले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २७, २०८१, आइतवार ०९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८