• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

नारायणगड -मुग्लिन सडक खण्डको गाइघाटमा बस दुर्घटना,२४ जना घाइते

  • खबरदाता

नारायणगड -मुग्लिन सडक खण्डको गाइघाटमा बस दुर्घटना,२४ जना घाइते

नारायणगड -मुग्लिन सडक खण्डमा यात्रु बहाक बस दुर्घटना भएको छ।

चितवन प्रहरीले जनाए अनुसार आज बिहान करिब ४:४० बजेको समयमा उक्त सडक खण्डको घाइघाट स्थिति सेती दोभानमा सो दुर्घटना भएको हो।

नेपालगंजवाट काठमाण्डौ तर्फ जादै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस पुलवाट अन्दाजी २० मिटर तल खोल्सिमा खसेको बसबाट हाल सम्म २४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

उक्त गाडिमा जम्मा २९ जना यात्रु रहेको भन्ने जानकारी प्राप्त भएको र जस मध्ये २४  जनाको उद्दार गरी भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। जस मध्ये २ जनाको अवस्था गम्भीररहेको छ।   थप विवरण आउन बाकी रहेको छ।

  • प्रकाशित मिति : माघ २७, २०८१, आइतवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८