• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरी नियन्त्रणमा

  • खबरदाता

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरी नियन्त्रणमा

महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ।

बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास(जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो।

प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।

ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए।

 

  • प्रकाशित मिति : माघ २५, २०८१, शुक्रवार १५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८