• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

बिजुलीको तार सार्ने क्रममा करेन्ट लागेर गैंडाकोटमा एक मजदुरको मृत्यु

  • खबरदाता

बिजुलीको तार सार्ने क्रममा करेन्ट लागेर गैंडाकोटमा एक मजदुरको मृत्यु

नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी जेशी शाहले जानकारी दिए ।

गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार बेलुका ६ः२० बजेतिर उनलाई करेन्ट लागेको हो ।

एक्कासि करेन्ट लागेपछि उनको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको शव प्रहरी समेतको सहयोगमा तल झारिएको थियो ।

स्थानीय एक व्यक्तिले नेपाल विद्युत् प्राधिकरणले एक्कासि बिजुलीको लाइन छाडिदिँदा उनको करेन्ट लागेर मृत्यु भएको दाबी गरेका छन् । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

डिएसपी शाहले यसबारे विस्तृत विवरण थाहा नभएको र अनुसन्धान जारी रहेको बताए ।

 

  • प्रकाशित मिति : माघ २५, २०८१, शुक्रवार ०७:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८