• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

बहुमत नपुने भएपछि संसद्‌मा आज अध्यादेश निर्णयार्थ पेस नगरिने

  • खबरदाता

बहुमत नपुने भएपछि संसद्‌मा आज अध्यादेश निर्णयार्थ पेस नगरिने

सरकारले हालै ल्याएका अध्यादेश आज संसद्‌मा निणयार्थ पेस नगरिने भएको छ । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अध्यादेश निणयार्थ पेस नगरिने भएको हो ।

यसअघि, संघीय संसद् सचिवालयले आजको बैठकका लागि जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख थियो । तर, कार्यसूचीमा त्यो विषय नराखिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

अध्यादेशबारे जनता समाजवादी पार्टी (जसपा)नेपालले निर्णय नगर्दा कार्यसूचीमा नराखिएको बुझिएको छ ।

 

  • प्रकाशित मिति : माघ २४, २०८१, बिहीवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८