• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

रविविरुद्ध बहस गर्न चितवन आए त्रिपाठी र भण्डारी

  • खबरदाता

रविविरुद्ध बहस गर्न चितवन आए त्रिपाठी र भण्डारी

सहकारी ठगी मुद्दामा पीडितका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी चितवन  आएका  छन् । उनीहरूले पीडितका तर्फबाट बहस गर्न वकालतनामा लेखाएका छन्।

उनीहरूसँगै अधिवक्ता रामचन्द्र गौतमले पनि पीडितका तर्फबाट वकालतनामा लेखाएका छन् ।

यसैबीच, छिमेकी जिल्लाबाट रविविरुद्ध बहसका लागि गएका सरकारी वकिलहरूको बहस सकिएको छ । अहिले जाहेरवालातर्फका वकिलले बहस गरिरहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ २४, २०८१, बिहीवार १३:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८