• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

  • खबरदाता

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना छ ।

 

  • प्रकाशित मिति : माघ २४, २०८१, बिहीवार ०९:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८