• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

आज लामिछानेका एक र पीडितका तीन वकिलले बहस गर्दै

  • खबरदाता

आज लामिछानेका एक र पीडितका तीन वकिलले बहस गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस हुने भएको छ ।

बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाउने भएको हो ।

आज लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्नेछन् ।

बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछानेका तर्फबाट एकजना वकिलले बहस गरेका थिए ।

लामिछाने प्रहरी हिरासतमा छन् । बिहीबार बिहान १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको दिएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो ।

  • प्रकाशित मिति : माघ २४, २०८१, बिहीवार ०९:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८