• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

अर्थसहित चार वटा समितिको बैठक बस्दै

  • खबरदाता

अर्थसहित चार वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सबै बैठक सिंहदरबारमा बस्नेछन् ।

अर्थ समितिको बैठकमा २०८१ साल माघ ११ देखि १६ गतेसम्म समितिले गरेका विभिन्न भन्सार कार्यालयहरुको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय ९नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग० सँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ । बैठक दिउँसो साढे १२ बजे बस्नेछ ।

विधायन व्यवस्था समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने तयारी छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

यसैगरी दिउँसो १ बजे सुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाबारे छलफल हुनेछ ।

  • प्रकाशित मिति : माघ २३, २०८१, बुधवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८