• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

पाथीभरा केबलकार विवाद : वार्ता सकारात्मक

  • खबरदाता

पाथीभरा केबलकार विवाद : वार्ता सकारात्मक

काठमाडौँ– ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको वार्ता सकारात्मक रूपमा टुंगिएको छ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

मंगलबार बिहान ११ बजे पुनस् बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। “पहिलो दिनको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, भोलि ११ बजे पुनः बस्ने सहमति भएको छ,” उनले भने।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ।

  • प्रकाशित मिति : माघ २२, २०८१, मंगलवार ०७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८