• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

फेरि बढ्यो इन्धनको मूल्य

  • खबरदाता

फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।

निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४-४ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०-१६० रुपैयाँ पर्छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३र३ रुपैयाँ बढाएको थियो ।

 

  • प्रकाशित मिति : माघ १८, २०८१, शुक्रवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८