• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : स्वर्णिम वाग्ले

  • खबरदाता

राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको माग गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले पार्टीको योजना सुनाउँदै यस्तो बताएका हुन् ।

“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,” उनले भने ।

सांसद वाग्लेले चर्चामा रहेका सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने योजना पनि सुनाए । “अब अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्नेवाला छौँ । भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,” उनले भने ।

उनले दुईतिहाइको सामर्थ्य भएको वर्तमान सरकार पार्टी सभापति रवि लामिछानेमाथि खनिएर महत्त्वपूर्ण अवसर गुमाएको बताए ।

 

  • प्रकाशित मिति : माघ १८, २०८१, शुक्रवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८