• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

जाहेरवाला र रविका वकिलले आज बहस गर्दै

  • खबरदाता

जाहेरवाला र रविका वकिलले आज बहस गर्दै

सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट सातजना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो ।

लामिछानेविरुद्धको मुद्दामा शुक्रबार सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन्।

त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।

बुधबार नै अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।

 

  • प्रकाशित मिति : माघ ११, २०८१, शुक्रवार ०७:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८