• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

एमाले सचिवालय बैठक आज बस्दै

  • खबरदाता

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने बताइएको छ ।

  • प्रकाशित मिति : माघ ८, २०८१, मंगलवार ०८:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८