• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कानुन निर्माणमा एकजुट भएर काम गर्ने प्रमुख सचेतक बैठकको निष्कर्ष

  • खबरदाता

कानुन निर्माणमा एकजुट भएर काम गर्ने प्रमुख सचेतक बैठकको निष्कर्ष

संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ।

शुक्रबार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए। उनले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भूमिका खेल्ने विषयमा छलफल भएको बताए।

उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए। उनले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए।

उनले भने, ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं। हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौँ। विषेशगरी प्रतिपक्ष र हामी चारवटा दलहरुका प्रमुख सचेतकहरुको मुख्यतया संसदमा विचाराधिन विधेयकहरुका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल गर्‍यौँ। अगामी दिनमा सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भूमिका खेल्ने हो रु हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने रु यी लगायतका विषयमा हामीले छलफल गर्‍यौँ।ु

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

  • प्रकाशित मिति : माघ ४, २०८१, शुक्रवार १३:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८