• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन

  • खबरदाता

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन

दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन दिएको हो ।

बिहीबार बिहान बसेको संघीय सरकारका मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सात बुँदे निर्देशन सभापति देउवाले जारी गरेका हुन् ।

सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस(एमाले सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङबाट बैठक सुरु भएको थियो । बैठकमा कांग्रेसका मन्त्रीहरूले आ(आफ्नो मन्त्रालयका काम कारबाहीबारेमा ब्रिफिङ गरेका थिए ।

उक्त बिफ्रिङपछि सभापति देउवाले गठबन्धनको मर्म र सहमतिअनुसार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् ।

यस्तो छ ७ बुँदे निर्देशन

१- सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२- विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

३- आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४- चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५- हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

६- सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

७- पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

  • प्रकाशित मिति : माघ ३, २०८१, बिहीवार १६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८