• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हुस्सु र कुहिरोले दाउन्ने क्षेत्रमा सवारी साधन पुन: अवरुद्ध

  • खबरदाता

हुस्सु र कुहिरोले दाउन्ने क्षेत्रमा सवारी साधन पुन: अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको छ ।

बाक्लो हुस्सु र कुहिरो लागेकाले सवारी आवागमन अवरुद्ध भएको डीएसपी सुरज कार्कीले जानकारी दिए ।

“आज पनि मौसम हिजोको जस्तै नै छ । बाक्लो हुस्सु र कुहिरो लागेकाले सडक चिप्लो हुँदा सवारी चल्न सकेका छैनन्,” कार्कीले  भने ।

मंगलबार रातिदेखिनै सवारी आवागमन प्रभावित भएको छ । बुधबार घाम लागेपछि एकतर्फी सवारी चलेका थिए । गएरातिदेखि पुनः सवारी अवरुद्ध भएको छ ।

बाक्लो हुस्सु र कुहिरोबाट चुहिएको पानीले सडक भिजेर चिप्लो हुँदा सवारी आवगमन प्रभावित भएको हो । कच्ची सडक हिलाम्मे हुँदा सवारी चल्न नसकेका हुन् ।

तराईका अधिकांश भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

  • प्रकाशित मिति : पुस २५, २०८१, बिहीवार ०९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८