• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

६ वटा परकम्प गइसक्यो, कति सम्मको आउन सक्छ परकम्प ?

  • खबरदाता

६ वटा परकम्प गइसक्यो, कति सम्मको आउन सक्छ परकम्प ?

तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

“हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले  भने, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।”

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उनी प्रष्ट पार्छन्, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।”

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • प्रकाशित मिति : पुस २३, २०८१, मंगलवार ०९:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८