• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

चीनमा कोरोनाजस्तै खतरनाक भाइरस, संकटकाल घोषणा

  • खबरदाता

चीनमा कोरोनाजस्तै खतरनाक भाइरस, संकटकाल घोषणा

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ ।

यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् । एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को बिरामी पनि देखिइरहेका छन् । यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ ।

यद्यपि चीनले नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएका छैन । द स्टारको रिपोर्टअनुसार सीडीसीले पहिलेदेखि नै अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरीजस्ता रोगसँग जुधिरहेका बिरामीलाई संक्रमणको खतरा बढी हुने जनाएको छ ।
खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुन्छ । भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्छ । रोयटर्सका अनुसार चीनले यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ ।

एचएमपीभी भाइरसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । एक डच शोधकर्ताले श्वासप्रश्वासको रोगीको नुमना लिएर भाइरस पत्ता लगाएका थिए । यद्यपि यो भाइरस ६ दशकअघिदेखि रहेको बताइएको छ । यो भाइरस सबै मौसममा जीवित रहनसक्छ । तर चिसो मौसममा फैलिने सम्भावना बढी रहन्छ ।

कोभिड–१९ को पहिलो संक्रमण सन् २०१९ मा चीनको वुहान शहरमा देखिएको थियो । जसलाई एक रहस्यमयी निमोनिया ठानिएको थियो । यो सार्स–कोभ–२ भाइरसबाट फैलिएको थियो । चीनमा पहिलो संक्रमण देखिएपछि विश्वभरी नै कोभिड संक्रमण फैलिदा लाखौं मानिसले ज्यान गुमाएका थिए । ३० जनवरी, २०२० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको थियो । संसारभर ७० करोडभन्दा बढीमा कोभिड संक्रमण भएको थियो भने ७० लाखभन्दा बढीको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : पुस १९, २०८१, शुक्रवार १५:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८