[ फाेटाे : फाइल ]
गैंडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएक छ भने अन्य पाँच जना घाइते भएका छन।
प्रहरीले जनाए अनुसार आज मंगलबार दिउँसो पौने एक बजेको समयमा रत्ननगर- १३ को जयमङलामा गैडाले आक्रमण गरेको थियो।
आक्रमणबाट घाइते रत्ननगर -१६ बस्ने बर्ष ७० कि कृष्ण कुमारी थापाको सरकारी अस्पतालमा मृत्यु भएको हो।
अन्य घाइतेहरुमा रत्ननगर- १६ बस्ने बर्ष ७८ को डम्मर बहादुर थापा ,रत्ननगर- १२ बस्ने बर्ष ७२ को चेतनाथ चौलागाइ , रत्ननगर- १२ कै बर्ष ३९ की सीता पोख्रेल, रत्ननगर- १४ बस्ने बर्ष ६० की मिना गुरुङ र रत्ननगर- १२ बस्ने बर्ष २५ की पुजन बि.क. रहेका छन।
घाइतेहरुको भरतपुरका अस्पतालहरुमा उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८