• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

आज २०८१ साल मंसिर २४ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८१ साल मंसिर २४ गते सोमबारको राशिफल

आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ९ तारिख। मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष – आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ।

मिथुन – दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन खुशी हुनेछ।

कर्कट – दिन राम्रो छ। घर व्यवहारमा समस्या भए पनि स्वास्थ्यमा सुधार हुनेछ। भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ।

सिंह – दिन सामान्य राम्रो छ। आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। परकोपरकामा सहभागी भएमा मन खुशी हुनेछ।

कन्या – दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ।

तुला – दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ। शरीरमा अल्छीपना बढ्नेछ। सूर्यलाई अर्घ गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

वृश्चिक – दिन सहज छ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नु मात्र उचित हुनेछ।

धनु – दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षि हुनेछ। तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आज बनेको योजना सफल बन्नेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

मकर – दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भ – धनस्थानमा चन्द्रमा पुगेकाले लाभ हुने दिन छ। चिसोका कारण हुने रोगले सताउने जोखिम छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारको निगरानीमा भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राज्यको तर्फबाट भने सुविधा बढ्नेछ।

मीन – तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। जसले गर्दा मनमा आनन्द आउनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : मंसिर २४, २०८१, सोमवार ०५:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८