• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

  • खबरदाता

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

नेपाल प्रिमियर लिग ९एनपीएल०मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर चितवनका कप्तान कुशल मल्लले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिम आज चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रन, काठमाडौं गुर्खाजविरुद्ध ७३ रन र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

यता, चिवतन भने तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेट र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

  • प्रकाशित मिति : मंसिर २३, २०८१, आइतवार १३:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८