• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति

  • खबरदाता

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी रहेको दाबीसहितको सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं त्यसयता प्रहरी हिरासतमा छन् ।

उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पनि गएका थिए । तर, प्रसाईंको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

  • प्रकाशित मिति : मंसिर १८, २०८१, मंगलवार १८:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८