• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दैलेखको महाबुको अध्यक्षमा एमालेका शाही निर्वाचित

  • खबरदाता

दैलेखको महाबुको अध्यक्षमा एमालेका शाही निर्वाचित

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा (एमाले)ले जितेको छ । एमालेका उमेदवार जंगबहादुर शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । माओवादीका जंगबहादुर बरालले ८४२ मत ल्याएका छन् ।

०७९ को निर्वाचन जितेका कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । ०७४ मा यहाँ एमालेका शाही निर्वाचित भएका थिए ।

०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट उमेदवार बनेका शाहीलाई एमाले भित्र्याएर उपनिर्वाचनको टिकट दिइएको हो ।

 

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०७:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८