• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उपनिर्वाचन : कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

  • खबरदाता

उपनिर्वाचन : कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उमेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । रासस

  • प्रकाशित मिति : मंसिर १६, २०८१, आइतवार ११:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८