• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौंमा बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु

  • खबरदाता

काठमाडौंमा बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु

बसको ढोकाबाट खसेर शनिबार दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८, शेषमतीको लामबगरस्थित शान्तिटोल गेटनजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, दुर्घटनामा नुवाकोटको ककनी गाउँपालिका–५ का ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ की ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।

दुर्घटनामा उनीहरू गम्भीर घाइते भएका थिए । दुवैजनाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको उनले जानकारी दिए ।

बसबाट खसेर घाइते भएका सहचालकलाई उपचारका निम्ति राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । रासस

 

  • प्रकाशित मिति : मंसिर १५, २०८१, शनिवार १८:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८