• चैत ८, २०८१, शुक्रवार Friday, 21 March, 2025

रविको आजको बयान सकियो , अझै तीन दिन काठमाडौंको हिरासतमा रहने 

  • खबरदाता

रविको आजको बयान सकियो , अझै तीन दिन काठमाडौंको हिरासतमा रहने 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन् ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमै रहने भएका हुन् ।

बिहानदेखि सुरू बयान अपराह्न ३:३० बजे सकिएको छ। आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन्।

हिजो काठमाडौं ल्याइएका उनको आजबाट बयान सुरू भएको हो। जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाइएको छ।

अब उनको बाँकी बयान आइतबार हुने छ। उनी सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा थिए। काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।

 

  • प्रकाशित मिति : मंसिर १४, २०८१, शुक्रवार १६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८